दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका […]

सम्बन्धित सामग्री

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ सय आम्दानी गरेको बताउनुहुन्छ ।

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

गलकोट - बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् ।           उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित...

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

गलकोट - बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् ।           उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित...

व्यावसायिक पशुपालनमा अग्रणी ‘ माछापुच्छ्रे गाउँपालिका’

असोज ३०, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न शुरु गरेपछि व्यावसायिकता विकास भएको हो ।  गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध विक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।  यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई/तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।   नौ ओटा वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध विक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्यांक गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध विक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् ।  गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा विक्री भएको बताइन्छ । पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध विक्री गर्ने कृषकहरु बढी छन्’ नौ ओटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।  लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध विक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा विक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध विक्री हुने गरेको तथ्यांक छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध विक्री हुने गरेको बताइन्छ । समग्रमा दूध विक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रू. सात लाख ३५ हजार तथा मासिक रू. दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जानकारी दिइएको छ । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् । उनले भने, ‘गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’ लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गरेपछि   गाउँपालिकामा व्यावसायिक पशुपालनमा शुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० ओटा भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि र पशुतर्फ रू. एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । रासस

दूध बेचेर किसानले एक वर्षमै कमाए पाँच करोड!

दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताए।

विदेश किन जाने ? दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी

मन्दिरा बर्तौलाको स्थायी ठेगाना मकवानपुरको थाहा नगरपालिका– ३ हो ।  दूध बेचेर एक वर्षमा रु सात

एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

माछापुुच्छ«े गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ ।