गुणस्तरहीन अखाद्य सामग्री उत्पादन गर्ने वीरगञ्जको पूजा सामग्री प्रोडक्टमा सिलबन्दी

वीरगञ्ज – गुणस्तरहीन अखाद्य सामग्री उत्पादन र बेचबिखन गर्ने वीरगञ्जको एक उद्योगमा प्रशासनले बिहीबार शिलबन्दी गरेको छ। अनुगमनका क्रममा अखाद्य र गुणस्तरहीन वस्तु उत्पादन र बिक्री वितरण गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–६ रेशमकोठीमा रहेको पूजा सामग्री प्रोडक्ट उद्योगमा सिलबन्दी गरिएको हो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीको संयोजकत्वमा गएको अनुगमन टोलीले उद्योगबाट विभिन्न अखाद्य सामग्री […]

सम्बन्धित सामग्री

पर्सामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने पक्राउ

गुणस्तरहीन घ्यू उत्पादन गर्ने एक जनालाई पर्सा प्रहरीले शुक्रबार पक्राउ गरेको छ । प्रहरीले  विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका-१६ स्थित आफ्नै घरमा गणपति रिप्याकिङ उद्योग, गणपति पूजा सामग्री रिप्याकिङबाट मिसावट गरी तयार पारिएको २० केजीको तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २६० लिटर, विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६१३ लिटरसहित राजेश रायलाई पक्राउ गरेको जनाएको छ ।