काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। मंगलबार र हिजो स्थगित बैठक आज बिहान ११ बजेबाट सुरु भएको हो।आजको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए। बैठकमा अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुंग्याइने उनको भनाइ छ।गत पुसम