नेपालको केन्द्रीय बैंकसहित करीब डेढ दर्जन बैंकमा ह्याकिङको धम्की आएको छ ।
नेपाल राष्ट्र बैंकका अधिकारीलाई बुधवार दिउँसो इमेलमार्फत राष्ट्र बैंक र अन्य १४ वाणिज्य बैंक ह्याक गर्ने धम्की आएको हो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितका उच्च अधिकारीलाई बैंकहरूको सिस्टम ह्याक गरी रकम लैजाने चेतावनी आएको हो ।
‘हिजो दिउँसो इमेल र फोनमार्फत बैंकहरूमा सिस्टम ह्याक गरी ठूलो क्षति पुर्याउने धम्की आएको थियो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले लोका...