देश विकासको आधार : शैक्षिक क्षेत्रमा सुधार

  देश विकासको मुख्य आधार भनेको त्यस देशको शिक्षा हो । शिक्षाले नै देशको सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न सहयोग गर्दछ । कुनै पनि देशको शैक्षिक अवस्था कमजोर हुनु भनेको त्यो देशको समग्र अवस्था कमजोर हुनु हो । विद्यालयलाई सरकारी र निजी बनाउनु, शिक्षकलाई स्थायी, राहत, निजीलगायत अनेकौँ नाम दिनुको कारण हाम्रो देशको शिक्षाको गुणस्तरमा ह्रास आएको छ । हाम्रो देशमा रहेका सातै प्रदेशका ७५३ स्थानीय तहभित्रका सबै व्यक्तिका आँखाले हेर्ने शिक्षारूपी ऐना जबसम्म एउटै हुँदैन, तबसम्म