सहमतिको अन्तिम विन्दुमा पुगेर किन रोकियो टीआरसी ?

काठमाडौँ : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (टीआरसी) सम्बन्धी विधेयक सहमतिको अन्तिम विन्दुमा पुगेर अड्किएको छ। सत्ता समीकरण फेरदबलसँगै पहिला नमिलेका चारमध्ये दुईवटा विषय मिलिसकेका छन् भने बाँकी दुईवटा पनि सहमति नजिक पुगेका छन्। प्रमुख प्रतिपक्षमा हुँदा कडा अडान लिएको नेकपा एमाले सत्तामा पुगेसँगै लचिलो बनेपछि टीआरसीमा प्रगति देखिएको हो। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको यो विधेयक ‘ब्रेक थ्रु’ हुन भने सकेको