चीनको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण : महाशक्ति प्रतिस्पर्धाले विश्व थर्कमान

चीनले ध्वनिको गतिभन्दा पाँच गुणा छिटो उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गत अगस्ट महिनामा गरेको खबर फाइनान्सियल टाइम्स नामक पत्रिकाले दिएपछि विश्व राजनीति तरंगित भएको छ । उक्त पत्रिकाले नाम नखुलाइएका पाँचजना गुप्तचर अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सेनाले लंग मार्च नामक रकेटमार्फत लो अर्बिटमा हाइपरसोनिक ग्लाइड प्रक्षेपण गरेको खबर दिएको छ । लो अर्बिट भनेको पृथ्वीको सतहबाट २५० देखि २ हजार किलोमिटर मास्तिरको दूरीमा पर्ने स्थान हो । उक्त क्षेप्यास्त्र पृथ्वीको एक चक्कर लगाएर आफ्नो लक्ष्यतर्फ अघि बढेको तर ताराभन्दा ३८ किलो...