कालिकोट एमाले विवादमा : अध्यक्ष शाहीसँग स्पष्टीकरण माग

कालिकोट : नेकपा एमाले कालिकोटको पदाधिकारी बैठकले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही (नेशनल) सँग लिखित स्पष्टीकरण मागेको छ। पार्टीमा लामो योगदान दिएर निर्वाचित जनप्रतिनिधिसहित जिम्मेवार नेताहरुलाई विधानविपरीत स्वेच्छाचारी ढंगले स्पष्टीकरण सोधेको भन्दै बैठकले पार्टी अध्यक्षसँगै स्पष्टीकरण माग्ने निर्णय गरेको हो।उपाध्यक्ष रमेशकुमार शाहीको अध्यक्षतामा बसेको बैठकले पार्टी विधानको अध्याय ७ को धारा ४४ अनुसार प्रत्येक सदस्यले कमिटीको र अल्पमतले बहुमतको मातहतमा रहनुपर्ने प्रावधानविपरीत अध्यक्ष शाही