सरकारको कर नीतिविरुद्ध विराटनगरका व्यवसायी सडकमा

सरकारले अघि सारेको कर नीतिका विरुद्ध विराटनगरका व्यापारी र व्यवसायीहरू आन्दोलित भएका छन् । विराट व्यापार संघको नेतृत्वमा एक दर्जनभन्दा बढी विभिन्न व्यापारिक र व्यावसायिक संघमा आबद्ध व्यवसायी र व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ कर नीति र ढुवानीलाई भ्याटमा लाने निर्णय गरेपछि व्यवसायीहरू आन्दोलित बनेका हुन् । सरकारले हचुका भरमा लागू गर्न खोजेको नयाँ कर नीति कुनै पनि हालमा मान्य नहुने संघका अध्यक्ष सुजन थापाले चेतावनी दिए ।

सम्बन्धित सामग्री

सरकारको विरोधमा व्यवसायी सडकमा

सरकारले लकडाउनको समयमा कर तिर्ने भने पछि व्यवसायिहरु आन्दोलित भएका छन् । सरकारले गरेको यस प्रकारको निर्णयको विरुद्धमा दाङ जिल्ला उद्योग वाणिज्य संघले बुधबार घोराहीका सांकेतिक विरोध प्रर्दशन गरेको छ । विरोध कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले व्यवसायीहरुलाई सहयोग नगरेको बताए । लकडाउनको समयमा व्यवसायीहरुले कर तिर्ने नसक्ने उनको भनाइ छ । “बन्द रहेका उद्योग तथा व्यवसायीहरुले कसरी कर तिर्ने ?” भुसालले भने ।