१६ असोज, काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् । केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् । […]