विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराएका हुन् ।आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चैत ६ गते डंगोललाई नियुक्त गरेका हो । ललितपुर निवासी सदस्य डंगोलसँग झण्डै २ दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।डंगोलको नियुक्तिसँगै आयोगको काममा महत्वपूर्ण योगदान पुग्ने व