काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ। फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका १९ जना सदस्यको रिक्त पदका लागि ;f]xL निर्वाचन हुन लागेको हो। आयोगका अनुसार ७ वटै प्रदेशबाट जम्मा २ हजार ४३ जना मतदाताले मतदान गर्ने भएका छन् […]
अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ । सो ट्यांकी निर्माणमा आवश्यक पानी बोक्न खच्चडको प्रयोग गरिएको छ । खाँचीकोटमा पानी पुर्याउन लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजना लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिने वडाध्यक्ष चुराबहादुर केसीले जानकारी दिए । मोटरबाटो नपुगेको […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउने निर्णय गरेको छ। आज बसेको बैठकले पार्टीतर्फबाट समानुपातिक उम्मेदवार हुन आवेदन दिएका तर पौष ५ गते भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका आकांक्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो। उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया […]