जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित हुनुभएको छ ।
उहाँले अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग एक हप्ता लामो गर्मी बिदा मनाएर आजदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो ।
केही समययता जापानमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।