निर्वाचनबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै ओलीले उक्त निर्देशन दिएका हुन्।