काठमाण्डाै – घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा भारत विजयी भएको छ । भारतले घरेलु टोलीलाई एक इनिङ्स र १ सय ४१ रनको अन्तरले हराएको हो । योसँगै दुई टेस्टको श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ ।
दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३० रनमा अलआउट भएपछि तेस्रो दिन नै पराजित भएको हो । वेस्टइन्डिजका एलिक एथानाजेले २८ र जेसन होल्डरले २० रन बनाए । अरु कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ७ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिए । त्यसअघि भारतले पहिल...