कपिलवस्तुमा तान्त्रिक विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिलाको हत्या गर्ने गिरोह पकाउ परेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जीको हत्या गरी हातका औँलाहरु तान्त्रिक विधिको लागि भन्दै बजारमा बिक्री गर्न बजार पुर्याउने गिरोह पकाउ गरेको प्रहरीले जनाएको छ ।उक्त गिरोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा दर्जीको हत्या गरेर हातका औँलाहरू काटी विभि