कनेक्ट आइपीएस नेपाल राष्ट्र बैंकद्वारा सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले कनेक्ट आइपीएसलाई सम्मान गरेको छ । नेपालको विद्युत्तीय भुक्तानी प्रवर्धनमा योगदान पुर्‍याएकाले सम्मान गरेको हो । नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका दिन गर्भनर महाप्रसाद अधिकारीले यस नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका हुन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सद्वारा संचालक, ठूला शेयरधनी र कर्मचारीलाई तालिम प्रदान

समृद्धि फाइनान्स Samriddhi Finance Company  ले आश्विन २२ गते शुक्रवार संचालक स्तरिय अभिमुखिकरण तथा ज्ञान आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा गरिएको उक्त कार्यक्रमको पहिलो चरणमा संचालक समितिका सदस्यहरुलाई नेपाल राष्ट्र बैंक नियमन विभागका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले संस्थागत सुशासनका बारेमा तालिम दिएका हुन् । त्यस्तै दोस्रो चरणमा संचालक, २ प्रतिशत भन्दा बढी सेयर धारण गरेका सेयरधनी, व्यवस्थापन र अन्य कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाका बारेमा बैंकिङ्ग विज्ञ वाल नरसिंह घर्तीले प्रशिक्षण दिएका हुन् । उक्त कार्यक्रम इन्द्रेनी होटेल, नयाँ वानेश्वरमा आयोजना गरिएको थियो ।समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ । जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँने जनाएको छ ।