सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ ।कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको तीन उडान गर्ने तय भइसकेको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने जाने नेपाली र लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो विमानस्थलमा हाल काठमाडौँमा उडान गर्दै आएका अन्य विदेशी हवाई कम्पनीले चासो बढाएका