कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त हुनुभएको छ । उहाँलाई सोमबार मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गर्नुभएको हो । हमालले पद तथा गोपनीयताको शपथ पनि लिएसक्नुभएको छ ।
सुर्खेत : तत्कालीन भेरी अञ्चल हुँदा स्थापना भएका कर्णाली प्रदेश सुरक्षा निकायका संरचना अझै लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालन भइरहेका छन्।कर्णाली प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखा कर्णाली प्रदेशमा अझै स्थापना हुन सकेको छैन। कर्णालीमा पूर्वाधारअभाव देखाउँदै तालिम केन्द्र र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालन हुँदै आएका छन्।यस्तै, संघीय प्रहरी इकाइ, ड्रग शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगञ्जबाटै सञ्चालित छन्। कुकुर शाखा पनि उतै
कर्णाली, वैशाख २१ । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका […]
सिमकोट– अखिल नेपाल फुटबल संघ (एन्फा)को कर्णाली प्रदेश तदर्थ समिति गठन भएको हो। एन्फा केन्द्रीय महासचिवद्वयको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तदर्थ समिति गठन गरिएको हो। एन्फा कर्णालीको तदर्थ समितिको अध्यक्षमा प्रमोद हमाल (सुर्खेत), उपाध्यक्षमा भरत खत्री(जुम्ला), महासचिवमा गणेश खत्री (सुर्खेत) चयन भएका छन्। त्यसैगरि सदस्यहरुमा कृष्ण बहादुर खड्का , खगेश्वर आचार्य, महेन्द्र चौधरीलगायत चयन […]
सिमकोट – नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन सुरू भएको छ। माओवादीको कर्णाली प्रदेशको प्रथम सम्मेलन प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा सुरू भएको हो। माओवादीको प्रथम कर्णाली प्रदेश सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट करिब एक हजार एक सय प्रदेश प्रतिनिधिहरु सहभागी भएका छन्। उक्त सम्मेलनको उद्घाटन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत गरेका […]
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा भोलि ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ सुरु हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश […]
कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मङ्सिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ । सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का […]
कर्णाली प्रदेश मासुमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय पशुपालन व्यवसायमा आकर्षण बढ्न थालेपछि कर्णाली प्रदेश मासुमा आत्मनिर्भर भएको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशले खसीबोका, भेडालगायत निर्यातसमेत गर्ने गरेको छ ।प्रदेशलाई पुग्ने मासु उत्पादन भएर पनि भेडाच्याङ्ग्रा निर्यात हुने गरेको निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले […]
पृष्ठभूमि कर्णाली प्रदेश आफैमा विविधता र छुट्टै प्रकृतिको रस भएको प्रदेश हो । उत्तरतर्फ हिमाल र दक्षिणमा राजधानी सुन्दर नगरी वीरेन्द्रनगर रहेको प्राकृतिक सौन्दर्यता बोकेको यो प्रदेशको अधिकांश भाग पहाडले ढाकेको छ । जनयुद्ध, जनआन्दोलन र विशेष कर्णाली प्रदेश स्थापनार्थ भएको आन्दोलन पश्चात् नेपालको संविधान, २०७२ जारी हुँदा निर्माण गरिएका सात वटा प्रदेश मध्येको दश […]
४ जेठ, सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालित कर्णाली प्रदेश अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन प्रस्ताव गरेको छ । सोमबार बसेको स्वास्थ्य आपतकालीन व्यवस्थापन कार्य सञ्चालन केन्द्र (आईसीएस)को बैठकले प्रदेश अस्पताललाई संघअन्तर्गत ल्याउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो । केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, […]