काठमाण्डाै – दशैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाइ उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् ।कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दशैँको बिदा मनाउन राराताल पुगेका पर्यटक एक हप्ता...