नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका छन् । उनले प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सम्बोधन गर्दै अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका हुन् । ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ थापाले भने, ‘आजको सबैभन्दा ठूलो चूनौति व्यापारघाटा हो ।’ पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौ