आयोजक रुपन्देही ११ लाई हराउँदै नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको फाइनमा प्रवेश गरेको छ। बुटवलमा जारी २० औं तिलोत्तमा गोल्ड कपमा बुधबार भएको सेमीफाइनलमा पुलिसले सडेन डेथमा रुपन्देही ११ लाइ हराउँदै फाइनलको यात्रा तय गरेको हो। सडेन डेथमा ४—३ गोल अन्तरले पुलिस बिजयी भएको हो।