साताको अन्तिम कारोबार दिन १३.०४ अंकले बढ्यो नेप्से, ५ अर्ब ३९ करोड बराबरको शेयर खरीदविक्री

कात्तिक ११, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १३ दशमलव शून्य ४ अंक अर्थात् शून्य दशमलव ४७ प्रतिशत वृद्धि भएको छ ।  नेप्से परिसूचक २ हजार ७८२ दशमलव १६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयरको ५९ हजार १४० पटकमा रू. ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ बराबरको खरीदविक्री भएको हो ।  कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये रिडी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ५० पुगेको हो ।  दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ३९ प्रतिशत वृद्धि भएर रू. १ हजार ९५८ पुगेको छ ।  त्यसैगरी शेयरमूल्य घट्नेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ७९ प्रतिशत घटेको हो । शेयरमूल्य प्रतिकित्ता रू.४४६ दशमलव ३० मा झरेको हो । त्यसैगरी सर्वाधिक शेयर कारोबार नेशनल हाइड्रोपावरको रू. २९ करोड १९ लाख ५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ ओटा समूहमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशत, व्यापार समूहको परिसूचक शून्य दशमलव ३१ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव १५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५६ प्रतिशत र म्युचुअल समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत घटेको छ भने बाँकी समूहको परिसूचक बढेको हो । सबैभन्दा बढी अन्य समूहको परिसूचक २ दशमलव ५३ प्रतिशत बढेको छ । त्यसैगरी, समूहगत परिसूचक बढ्नेमा विकास बैंक समूहको परिसूचक शून्य दशमलव ९९ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव २१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ३ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ४३ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत वृद्धि भएको हो ।  आइतवारदेखि लगातार बजार बढेकाले बिहीवार प्रोफिट बुक गरेका छन् । सोही कारण बजार कुनै बेला हरियो र कुनै बेला रातो भएको थियो । बजार बुलिस ट्रेण्डमा रहेकाले खरीदकर्ताको आकर्षणले गर्दा समग्र बजार बढेर बन्द भएको छ । 

सम्बन्धित सामग्री

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं, १८ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं, १३ मंसिर । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ अंमा रोकिएको हो । यसैगरी, आज २५ लाख ८९ हजार ९९७ कित्ता शेयर खरिद विक्रि हुँदा नेप्सेमा ९५ करोड ७० लाख ६० हजार रुपैयाँको कारोबार भएको छ […]

सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

प्रि ओपनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, ७ वैशाख । साताको कोरोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा नेप्से ७.२२ प्रतिशतले बढ्दै २३६४.४७ को विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य […]

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन […]

प्रिओपनमा ८.३६ अंकले बढ्यो नेप्से

काठमाडौं, २९ फागुन । साताको कारोबारको पहिलो दिन आइतवार प्रिओपन सेसनमा नेप्से परिसूचक ८ दशलमव ३६ अंकले बढेको छ । यस अवधिमा नेप्से परिसूचक २ हजार ५७५ दशमलव २६ विन्दुमा पुगेको हो । सो अवधिमा कारोबारमा आएका ३३ ओटा कम्पनीको १२ हजार ८०६ कित्ता शेयर रू। ६६ लाख ५९ हजारमा खरीदविक्री भएको हो । प्रिओपन […]

प्रि ओपनमा १.९२ अंकले बढ्यो नेप्से

काठमाडौं, १८ फागुन । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.९२ अंक बढेको छ । ०.०७ प्रतिशतले बढेको नेप्से २६१२.५१ को विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा ९ कम्पनीको ३ लाख २७ हजार ८०९ रुपैयाँ बराबरको ६१० कित्ता शेयर […]

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं, १० फागुन । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.३७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७१९.८८ विन्दुमा आइपुगेको छ । १७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । ७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]