गिरीबन्धु टी–स्टेटको जग्गा सट्टपट्टा गर्ने ओली सरकारको निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले ओली सरकारले झापाको गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्न गरेको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको समिति सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन ।  तत्कालीन एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारले २०७८ साल वैशाख १३ गते झापाको गिरीबन्धु टिस्टेटको ३४३ विगाह जग्गा सट्टापट्टा गर्न स्वीकृति दिएको थियो । समितिको बैठकले मन्त्रिपरिषद्को उक्त निर्णयप्रति गम्भीर ध्या