नमुना सहर विकासका काम सुस्त

मध्यपहाडी लोकमार्गअन्तर्गत १० वटा नमुना सहरको विकास गर्ने सरकारी घोषणामा परेको अन्तिम सहर हो बैतडीको पाटन । व्यवस्थित बस्ती, घरघरमा खानेपानीको धारा, सडक, ढलनिकास, विद्युतीकरण, आधुनिक कभर्डहल, ५० शय्याको प्रविधि सम्पन्न अस्पताललगायत निर्माण गरिने सहरी विकास तथा भवन निर्माण विभागले २०६८ सालमा गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ ।