गोबिन्दाकी श्रीमतीले कृष्णाकी श्रीमतीमाथि निशाना साँध्दै भनिन्, ‘खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो’

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् ।उनले भारतीय सञ्चार माध्यमसँगको एक कुराकानीमा कृष्णाकी श्रीमती कश्मिरा घरमा भित्रिएसँगै समस्या सुरु भएको बताइन् । उनले भनिन्, ‘म खराब कुरामा जवाफ दिन चाहन्नँ तर आमाले झैं हेरविचार गर्दापनि यिनीहरुले यस्तो खराब व्यवहार गरिरहेका छन् । घरमा समस्या त्यतिबेला सुरु भयो जब हामीले खराब बुहारी भित्र्यायौं । म कसैको नाम लिन चाहन्नँ । मसँग जीवन