काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ। बैठकले राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए। उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज हुँदैछ। यस्तै नेपाल पक्षका नेताहरुलाई गरिएको कारबाही पुनरावलोकनका विषयमा समेत छलफल हुने एक नेताले बताए।