बलिउड अभिनेता विवक ओबरोय शुक्रबार पोखरा आइपुगेका छन् । नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी घुम्ने उद्देश्यले आएका उनको परिवार पोखरास्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् ।माउण्टेन लजमा ओबरोयको परिवार १ साता रहने बुझिएको छ । अभिनेता ओबरोयले बुधबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय चन्द्रागिरी पनि गइसकेका छन् ।पोखराको मुख्य बजार देखि करिब साढे १३ किलोमिटर टाढा रहेको उक्त लजको चार तले भवनको माथिल्लो मागबाट माछपुच्छ्रे, अन्नपूर्ण सहितको ह