रुपन्देही बस दुर्घटनाका घाइतेहरुकाे उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

रुपन्देही - गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा भएकाे बस दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो।  गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल स...