एमाले सांसद नरबहादुर धामीले नागरिकता कानुन बनाउँदा व्यापक छलफल गरेर बनाउन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद धामीले उनले भारतमा पनि विवाह गरेर आएको विदेशीले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने कानुन बनाएको बताउँदै ३ तिरबाट भारतले घेरेको सानो देशको रुपमा रहेको देशमा नागरिकता कानुन बनाउँदा संवेदनशील हुनुपर्ने बताए । सांसद धामीले जुन बेलासम्म सिक्किममा नागरिकताको कुरा उठेको थिएन त्यो बेलासम्म सिक्किम स्वतन्त्र देश रहेको