सरकारको ध्यान संघ र प्रदेशको निर्वाचन गराउन केन्द्रित: मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले वर्तमान सरकारको ध्यान संवैधानिक व्यवस्थाअनुसार संघ र प्रदेशको निर्वाचन गराउन केन्द्रित भएको बताउनुभएको छ । दाङको लमहीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आज (शुक्रबार) यस्ताे बताउनुभएकाे हाे । मन्त्री चौधरीले आगामी मंसिर २१ गतेकाे आसपासमा निर्वाचनकाे मिति घोषणा हुने बताउनुभयो । निर्वाचनको मिति मन्त्रीपरिषद् बैठकबाट तोकिने उहाँले जानकारी दिनुभयो । […]