राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका लालपुर्जाविहीन स्थानीयले मुआब्जा पाएका छैनन् । लेकवेशी नगरपालिका–१ भेरीगंगा नगरपालिका–८, ९ र ११ र गुर्भाकोट नगरपालिका–१३ र १४ नम्बर वडाका बासिन्दाले लालपुर्जा नहुँदा मुआब्जा नपाएका हुन् ।