नेपालको संविधान जारी भएको एक दशकभन्दा बढी समय बितिसकेको छ। यस अवधिमा संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण योगदान पुर्याएको भए पनि कार्यान्वयनका क्रममा केही संवैधानिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक जटिलताहरू देखिएका छन्। बदलिँदो जनआकाङ्क्षा, सुशासनको आवश्यकता, संघीयताको प्रभावकारी कार्यान्वयन तथा राज्य संरचनाको थप सुदृढीकरणका लागि संविधानका केही व्यवस्थाहरूको पुनरावलोकन र समयानुकूल संशोधनका लागि […]