केसीको बीसौँ अनशन : मागप्रति सरकारको बेवास्ता‚ पाँच दिनमै स्वास्थ्य जटिल

काठमाडौं : धनगढी पुगेर २० औँ पटक अनशन शुरु गरेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएको छ। धनगढीस्थित श्रीकृष्णमन्दिरको धर्मशालामा अनशन शुरु गरेका केसीलाई स्वास्थ्य बिग्रँदै गएपछि अनशनको दोस्रो दिनमै सेती प्रादेशिक अस्पतालमा सारिएको छ।शुक्रबार अनशनको पाँचौँ दिनसम्म आइपुग्दा केसीको स्वास्थ्य अवस्था छिटछिटो बिग्रँदै गएको केसीसँगै रहेका उनका सहयोगी डा. अमृत जैसीले बताए।हाल केसीमा मुटुको धड्कन बाहिर नै सुनिने तरिकाले छिटछिटो धड्कने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या आ