देशका प्रमुख दुई पार्टीको महाधिवेशन सम्पन्न भइसकेको छ । अर्को शक्तिशाली पार्टी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन निकट भविष्यमा सम्पन्न हुँदैछ । राष्ट्रिय राजनीतिका यी परिघटनाले बौद्धिक जगत् र आम जनसमुदायमा नयाँ बहस सिर्जना गरिरहेका छन् ।दश वर्षे जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण जस्ता ऐतिहासिक महत्वका उपलब्धि समकालीन नेपाली राजनीतिका उपज हुन् । नाकाबन्दी, भूकम्प, कालापानी र कोरोनाले उत्पन्न गरेको प्रतिकूल परिस्थितिमा देखापरेको जिम्मेवारीपन र एकता नेपाली राजनीतिका सुन्दर मौलिकता हुन्