अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
प्राधिकरण लहान वितरण केन्द्र सिराहाको मिटररिडर र हेल्पर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र सत्यनारायण साहको बिमाबापतको रकम बिनाजानकारी उनीहरूलाई झुक्या...