दुई बैंकद्वारा मर्जर सम्बन्धी अन्तिम स्वीकृतिका लागि निवेदन पेश

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आज संयुक्त निवेदन पेश गरेका हुन् । उक्त कार्यक्रममा दुवै […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकद्वारा डलर सटहीमा कडाई

नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाई गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले बुधबार एक निर्देशन जारी गर्दै डलर सटहीमा  कडाई गरेको हो ।जस अनुसार अब भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापत प्रति पटक अमेरिकी डलर १,५००।- वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको छ।त्यस्तै अब राहदानी वापतको सटही सुविधा प्रदान गर्दा  निवेदन फाराम भराई लिनु पर्नेछ । सटही सुविधा उपलब्ध गराउँदा श्रोतको स्वघोषणा लिनु पर्नेछ ।  राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानी बाहक स्वयम् उपस्थित हुनु पर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । निवेदनको व्यहोरा निम्न अनुसार कायम गरिएको छ ।' मैले यस राहदानी वापत सटही लिएको एक महिनाभित्र उद्देश्य बमोजिम विदेश यात्रा नगरेमा सो विदेशी मुद्रा बैंकमा दाखिला गर्नेछु । साथै, यस पटकको विदेश भ्रमणको लागि तोकिएको सीमाभन्दा बढी हुने गरी राहदानी वापतको सटही सुविधा अन्य कुनै पनि संस्थाबाट नलिएको र सटही वापतको रकम वैध श्रोतबाट प्राप्त भएको व्यहोरा समेत अनुरोध गर्दछु । झुट्टा विवरण पेश गरी सटही लिएको ठहरेमा प्रचलित ऐन, कानून बमोजिम सजायको भागीदार स्वयम् हुनेछु ।'

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेण्ट बैंकद्वारा हकप्रद सेयरका लागि निवेदन

शिखर इन्स्योरेन्स कम्पनी र एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दवै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।शिखर इन्स्योरेन्सले १० बराबर ३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०० रूपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकले […]