बर्दिया निकुञ्‍जबाट खाग र बाघका दाह्रा गायब पार्नेको पहिचान अझै खुलेन

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरबाट गैंडाको खाग र बाघका २५ वटा दाह्रा गायब पार्ने घटनामा संलग्न दोषीहरू अझै पक्राउ परेका छैनन् । २०७९ साल असोज ५ मा निकुञ्जको स्टोरबाट खाग र दाह्रा गायब पारिएको खुलेको थियो ।