काठमाण्डाै – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे ट्विटरमार्फत टिप्पणी सार्वजनिक गर्दै राजदूत यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास रहेको उल्लेख गर्नुभएको छ । चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ भन्दै उहाँले य...