कोरोना संक्रमणबाट न्यायपरिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन

काठमाडौँ । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । मंगलबार काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उनको मृत्यु भएको हो । पूर्वमहान्यायाधिवक्तासमेत रहेका निराला कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । उनी काठमाडौँको मित्रपार्क निवासी हु्न । […]