सोमबारको प्रदर्शनले उग्र रुप लियो। आन्दोलनकारीले अस्पतालतिर ढुँगामुढा प्रहार गरे। प्रहरीले अश्रुग्यास हान्यो। अस्पतालभित्र रहेका बिरामी, उनीहरुका आफन्त, चिकित्सक र नर्सहरुले 'रणभूमि'को महशुस गरे।
मुस्ताङ– मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ । त्यसैगरी, मुक्तिनाथ क्षेत्रमा […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिन सोमबार सुनकाे मूल्य प्रतिताेला २ लाख ३९ हजार ९ सय रुपैयाँमा किनबेच भएकाे थियाे । चाँदीको मूल्यमा पनि […]
गोरखा– उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ’, […]