किशोरी मृत फेला : मृत्युको कारण छिचोल्न तालिम प्राप्त कुकुर घटनास्थलमा, भेजाइनल स्वाब सङ्कलन

कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्ट गत बुधवार साँझतिर विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भइन्। स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनी बेपत्ता भएको झन्डै २४ घण्टापछि बिहीवार साँझ ५ बजेतिर लवलेक सामुदायिक बनमा मृत भेटिएकी थिइन्। स्थानीयले उनको शव देखेपछि प्रहरीलाई…

सम्बन्धित सामग्री

जर्मन महिला मृत फेला- ‘डग अफ दी इयर’ रोजले देखाएन कुनै शंका

काठमाडौं । ललितपुरको नागबहालमा जर्मन महिला मृत भेटिएको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । तीनकुने हत्यामा प्रयोग भएको ‘डग अफ दी इयर’ रोजलाई घटनास्थलमा पुर्‍याइ पनि कुकुर घटनास्थलबाटै कतै नगएको अनुसन्धानमा संलग्न एक अधिकारीले भने । ‘यदि रोज कतै गएको थियो भने शंका गर्ने ठाउँ रहन्थ्यो’, ललितपुर प्रहरी परिसरका एक अधिकारीले भने […]

सल्यानमा एक महिला मृत फेला

सल्यान : बागचौर नगरपालिका–२ गैरी करिब ५४ वर्षीया रामकली खत्री मृत फेला परेको छन्। उनी शनिबार साँझ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए।शनिवार दिउँसो करिब साढे ४ बजे माइत जान्छु भनी घरबाट निस्किएकी रामकली घरदेखि करिब एक किलोमिटरको दूरीमा रहेको ठाटीचौरको कच्चीबाटोमा मृत फेला परेको थापाले बताए।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याउने प्रहरीले बताएको छ।

संखुवासभा सामूहिक हत्या : ६ जनाकै टाउकोमा चोट

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरेको थियो ।सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ । संघिय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भिम दाहालले रातोपाटीसँग भने–‘सवैको टाउकोमा चोट देखिएको छ ।’ ह्यामर जस्ता गह्रौं वस्तुले हिर्क