काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन्। मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले अब देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। “देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्छ’, उनले भने।