रियल मड्रिडमा उत्कृष्ट १० सिजन बिताएका भरानको म्यानचेस्टर युनाइटेडको डेब्यू सिजन भने त्यति सुखद हुन सकेन । चोटका कारण प्रिमियर लिगमा उनले मात्र २२ खेल खेल्न पाए । भरानले यति धेरै खेल गुमाएको सात वर्षअघि सन् २०१४–१५ को सिजनमा मात्र थियो । यद्यपि, यो सिजनमा सशक्त सुरुवात गर्दै उनले सबैलाई आशावादी बनाएका छन् ।गत सिजन फ्रान्सका लागि पनि उनले धेरै खेलहरू गुमाए । जसमा गत जुनमा नेसन्स लिगका चारमध्ये तीन खेल गुमाएका थिए । चोटले सताए पनि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले भरानलाई नै टोली