नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १५० भन्दा बढीको समर्थन रहने दाबी गरेका छन् । आफूसँग आवश्यक बहुमत संख्या रहेकाले विश्वासको मत लिनको लागि ढिला नगरेको उनीहरूको दाबी छ ।
कांग्रेसका एक पदाधिकारीले सभापति देउवाको पक्षमा १५० भन्दा बढीको समर्थन रहने दाबी गरे । ‘देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसदमा केही थपिएर संख्या १५० भन्दा बढी हुन्छ,’ उनले लोकान्तरसँग भने ।
देउवा पक्षीय अर्का केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देउवाको पक्षमा स्प...