काठमाडौं । पञ्चकन्या ग्रुप अन्तर्गतको चारओटा कम्पनीले तीन वर्षमा नै २४ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन नाफा गरेका छन् ।
रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार पञ्चकन्या ग्रुप अन्तर्गतको पञ्चकन्या प्लास्ट प्रालि, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि, पञ्चकन्या रोटोमोल्ड प्रालि र पञ्चकन्या स्टिल प्रालिले वित्तीय वर्ष २०२२ मा मात्रै १० अर्ब १० करोड रुपैयाँ सञ्चालन नाफा गरेका छन् । यी कम्पनीले वित्तीय वर्ष २०२१ मा ८ अर्ब ६३ करोड रुपैयाँ र २०२० मा ५ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन नाफा गरेका थिए ।
तीन वर्षमा चार कम्पनीमध्ये सबैभन्दा धेरै नाफा पञ्चकन्या स्टिल प्रालिको छ । केयर रेटिङ्सका अनुसार कम्पनीको तीन वर्षको सञ्चालन नाफा १५ अर्ब ५४ करोड रुपैयाँ छ । कम्पनीको कर्जा भने ५ अर्ब १४ करोड रुपैयाँ छ ।
यीमध्ये दोस्रोमा पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि छ । पञ्चकन्या प्लास्टिकको तीन वर्षको सञ्चालन नाफा ४ अर्ब रुपैयाँ छ । कम्पनीको १ अर्ब १७ अर्ब रुपैयाँ कर्जा छ ।
तेस्रोमा पञ्चकन्या प्लास्ट प्रालि छ । कम्पनीको तीन वर्षको सञ्चालन नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ । कम्पनीको १ अर्ब २४ करोड रुपैयाँ कर्जा छ ।
चौथोमा पञ्चकन्या रोटोमोल्ड प्रालि छ । कम्पनीको तीन वर्षको सञ्चालन नाफा २ अर्ब ३७ करोड रुपैयाँ छ । कम्पनीको १ अर्ब १० करोड रुपैयाँ कर्जा छ ।
चारओटा कम्पनीको अध्यक्षमा प्रेमबहादुर श्रेष्ठ छन् ।
वित्तीय वर्ष
पञ्चकन्या ग्रुप (रु लाखमा)
प्लास्ट
प्लास्टिक
रोटोमोल्ड
स्टिल
२०२०
८३५०
१२९००
४५६०
३२६५०
२०२१
८९५०
१३४८०
८६१०
५५३२०
२०२२
९३६०
१३६५०
१०५९०
६७४९०
कुल
२६६६०
४००३०
२३७६०
१५५४६०
कर्जा
१२४५०
११७३०
११०१०
५१४३०
स्रोत : केयर रेटिङ्स नेपाल