बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा बन्द

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक आजदेखि दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले आजदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो। आजदेखि हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा राति १० देखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने आयोजनाले जनाएको छ। निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकैको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथि पहराबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सञ्चालनमा जो