सिन्धुपाल्चाेक - नेपाली कांग्रेस सिन्धुपाल्चोककाे सभापति पदमा जङ्गबहादुर लामा विजयी हुनुभएकाे छ ।
लामाले ९ सय १२ मत प्राप्त गरी प्रतिद्वन्द्वी वंशलाल तामाङलाई पराजित गर्नुभएकाे हाे ।
नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको छ। निर्वाचन समितिका अनुसार सभापति पदका लागि हिजाे दोस्रो चरणको मतदान भएको थियो।
मतदानमा १ हजार ७ सय ८३ मत खसेको थियो । ।