रास्वपा बैठक : तत्काल सरकारमा नजाने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय सुनाउँदै पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए। उनले सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफूहरू सरकारमा नबसेको स्पष्ट पारे। उनले सत्तारुढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरू सरकारमा नजाने बताए...