अन्तर्वार्ता: ‘सुकुम्बासीका छाप्रामाथि डोजर कुदाउने प्रयास संविधानविपरीत हो’

सरकारले भूमिहीन दलित र सुकुम्बासीको पहिचान गरी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेको छ । आयोगले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सुकुम्बासीहरूको व्यवस्थापनका लागि महानगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ । तर, काठमाडौं महानगरपालिकाले भने आयोगसँगको सम्झौताविपरीत थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको छ ।